शनिबार, वैशाख १५, २०८१

काटेश्वरदेखि सानेपासम्मै यातायात व्यवसायीको र्‍यालीले जाम, यात्रु मर्कामा

मेरोन्यूज २०७८ साउन ७ गते १२:१५
फाइल तस्बिर

काठमाडौं । यातायात व्यवसायीले गाडीसहित निकालेको र्‍याली निकालेपछि काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई राहतको व्यवस्था तथा गाडीको बिमा, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप लगायतका माग व्यवसायीहरुले राखेका छन् ।

र्‍यालीका कारण काटेश्वरदेखि सानेपासम्म नै जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया