शनिबार, वैशाख १५, २०८१

एमाले केन्द्रीय कमिटीको दशाैं बैठक आजपनि, होला त फ्लोर क्रस गर्ने २२ सांसदलाई कारवाही ?

मेरोन्यूज २०७८ साउन ५ गते ८:०२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दशौं बैठक आज पनि बस्दै छ ।

बैठक दिउँसो ३ बजे ललितिपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने एमाले केन्द्रयि कार्यालयका सचिव शेरबहादुरद तामाङले जानकारी दिए ।

सोमबार शुरु भएको केन्द्रीय कमिटी दशौं बैठकमा पार्टीको ह्वीप उलङ्घन गर्नै २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सोमबार सोधिएको स्पष्टीकरणबारे आज निर्णय हुने तामाङले बताए ।

एमालको २२ सांसदले पार्टीको ह्वीप उलङ्घन गर्दै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

प्रतिनिधि सभा विघटन सम्वन्धी मुद्धाको फैसलामा सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बनेको सरकारलाई विश्वासको मत दिंदा सांसदलाई पार्टीको ह्वीप नलाग्ने स्पष्ट पारेको छ । सर्वोच्चको फैसला विपरित एमालेले २२ सांसदलाई स्पष्टिकरण सोधेको हो ।

यसबाहेक विधान महाधिवेशनको तयारीका निम्ति समितिहरु घोषणा हुने सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया