शनिबार, वैशाख २२, २०८१

खोप सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित

मेरोन्यूज २०७८ साउन १ गते १६:३०

काठमाडौं । खोप सकिएपछि काठमाडौं स्वास्थ्य कार्यालयले शुक्रबार खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । प्रमुख बद्री बहादुर खड्काले विज्ञप्ति जारी गर्दै खोप अभियान आजबाट स्थगन गरिएको बताएका हुन् ।

Advertisement

असार २९ गतेदेखि साउन २ गतेसम्मका लागि भेरोसेल खोप पहिलो मात्रा लगाउने कार्यक्रम सुरु गरिएको भए पनि हाल काठमाडौं स्वास्थ्य कार्यालयमा खोपको मौज्दात समाप्त भएकाले अहिलेलाई खोप अभियान स्थगित गर्नुपरेको उनले जानकारी दिए । साे खाेप ५५ वर्ष माथिका उमेर समूहलाई असार २९ गतेदेखि लगाउन सुरु गरिएकाे छ ।

सरकारले चीन सरकारसँग खरिद गरेको ८ लाख डोज भेरोसेल खोप सुरू भएकाे थियाे ।

प्रतिक्रिया