बुधबार, वैशाख २६, २०८१

विप्लब र प्रचण्ड पत्नी सीताको भावुक तस्बिर

मेरोन्यूज २०७८ असार ३१ गते ७:२३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लब’ को भावुक तस्बिर सार्वजनिक भएको छ।

Advertisement

सीताकी छोरी गंगा दाहालले उक्त तस्बिर सामाजिक सञ्जाल राख्दै “पुनर्मिलनको एउटा तस्बिर” भनेर समेत लेखेकी छन्। अहिले उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उक्त तस्बिरमा विप्लबले सीता दाहालको दुवै हात समाएका छन्। सीता दाहालले पनि विप्लबलाई आफ्नै परिवारको सदस्यलाई जस्तो गरेर हेरेकी छन्। सीता दाहाललाई विप्लवले पाँच वर्ष भन्दा लामो समयपछि भेटेका हुन्।

मंगलबार केपी शर्मा ओली सत्ताबाट बाहिरिएपछि विप्लब प्रचण्ड अध्यक्ष भेट्न खुमलटार पुगेका थिए ।

प्रतिक्रिया