शनिबार, वैशाख १५, २०८१

देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गर्ने ज्योतिष भन्छन् : विश्वासको मत पाउँछन्, निर्वाचन गराउँछन्

मेरोन्यूज २०७८ असार २९ गते १८:३२

मैले २०७४ सालको निर्वाचन समयमा जेठतिर शेरबहादुर देउवाको चिना हेरेको थिएँ । त्यसबेला उहाँको राजयोग भन्नेको थियो । त्यही राजयोगको आधरमा मैले उहाँलाई पटक–पटक प्रधानमन्त्री बन्ने योग छ, भनेँ । त्यसबेला मैले चार–पाँच पटक त के ७ पटक प्रधानमन्त्री बन्न सक्नु हुन्छ भनेको थिएँ ।

हामीले देश र जनताका लागि सेवा गर्न छोड्नु हुँदैन, यस्तो योग भएको मान्छे संसारमा विरलै जन्मिन्छन् भनेर उहाँलाई भनेको थिएँ । उहाँले त्यही कुरालाई एउटा सोच बनाउनु भयो । एउटा प्रसंगमा मलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्नु हुन्छ भनेको छ भन्नु भयो । अबको प्रधानमन्त्री पनि म नै हुँ भनेर भन्नु भएकोले चर्चा आयो ।

अनि, त्यसपछाडि मैले २०७७ सालको वैशाखमा लेख लेखेको थिएँ । त्यसमा शेर बहादुर देउवालाई आकष्मिक लाभ, प्रचण्डलाई धोका र बाबुराम भट्टराईलाई स्वास्थ्यमा समस्या आउने भनेको थिएँ । त्यसले पनि चर्चा परिचर्चा भयो ।

मैले अहिलेको गठबन्धनको सम्बन्धमा समेत बोलेको थिएँ । त्यो कुरा २०७६ साल कत्तिक १ गते शनिबार परेको थियो । त्यो शनिबार परेको बेला चाहिँ घटस्थापना सुरु भएको थियो । घटस्थापना भनेको शक्तिको पुजा आराधाना हो ।

हरेक मानिसको देवी देउताको घरमा चाहिँ विविध रुपमा प्रवेश गर्ने भन्ने एउटा शास्त्रमा बताएको छ । त्योअनुसार आगामी दिनको भविष्यको निधार्ण गर्ने गरिन्छ । एउटा ग्रहराशी र नक्षत्र शनी प्रवेश गर्ने कुरा भयो । तर, हामी जुन तिथिको आधारमा गर्छौं, निर्णय हामीले सुष्म आधारमा गर्छौं । यो भनेको सुष्म आधार हो ।

कात्तिक १ गतेदेखि क्षत्र मंगलम युग सुर भयो । क्षत्र मंगल योग भनेको मिलेर बसेका व्यक्तिहरूको चाहिँ मन चनचल हुने, मनमा नराम्रो कुरा हुने, मनमा नरामो विचार खेल्ने । त्यो भएकाले पुुसमा संसद विघटन भयो । माघको ३० गते शुक्ल पक्षपछाडि फेरि घटस्थापना सुरु भयो । यो समयमा विस्तारै ग्रहहरू बलियो हुँदै गएको थियो । बिचमा केही राम्रो पनि भयो ।

मैले फेरि उहाँ (देउवा)लाई फागुन १९ गते भेटेँ । त्योबेला चैतको ३१ गतेदेखि असरको २६ गतेसम्म एकदमै अप्ठयारो समय भएको जानकारी दिएँ । यो क्षत्र मंगल समयमा राजा र मन्त्री दुवैको एउटै भूमिका रहेको र एउटै ग्रह दशा छाएको बताएँ । संरक्षक पनि राक्षेस नामको संरक्षक छ ।

यो सबै कुराले गर्दा शनि ग्रह र बृहस्पति ग्रहको भूमिका त्यति तालमेल मिलेको थिएन । त्यसैले असारसम्म त्यति राम्रो थिएन । त्यसैले ठूलो निर्णय नलिनु सत्तामा जाने कुरा भए पनि धोका हुन सक्ने संकेत गरेँ । त्यही आधारमा अहिलेको फैसलाले देशमा नयाँ मोडमा आएको छ ।

मलाई लाग्छ, अब देशमा धर्मको बारेमा बहस चल्छ । किनभने ग्रहहरू त्यस्तै–त्यस्तै तरिकाले चलेका छन् । त्यस्तो खाले क्षत्र मंगल खाले योग परेको छैन । त्यस कारणले अनुकूल समय भनेको विस्तारै देशमा शान्तिको कामना छरिन्छ । तर, देशमा दुई तिन महिना अझै अफ्ठयारो छ ।

अबको भविष्यवाणी गह्र, राशी र नक्षत्र कस्तो छ ? भन्ने कुरा हो । ग्रह राशी र नक्षत्र कसका बलिया छन् ? चन्द्रमा कसको बलियो छ ? यसले फरक पार्छ । उहाँ (देउवा)को अहिले चाहिँ कुन समयमा सपथ लिँदै हुनुहुन्छ ? सपथ लिने समय कस्तो छ ? सबै कुरालाई हामी आजको दिन र उहाँ (देउवा)ले जुन समयमा सपथ लिँदै हुनुहुन्छ, त्यो समय पनि बलियो छ ।

आगामी दिन उहाँ (देउवा)को केही समय (१८ महिना) बलियो भएकाले सबै कुरा ठिक छ । विश्वासको मत पाउने नपाउने हल्ला छ । त्यो पनि सहजै हुन्छ, यत्रो जितेर आए सकेपछि त्यो (विश्वासको मत) हुँदैन भन्ने हुन्न । योग बलियो भएपछि अरू के चाहिन्छ र ? अरूसँग सम्बन्ध राख्न र सम्बन्ध जोड्न उहाँ (देउवा)को ठूलो योग भएकाले पनि अबको यात्रा सहज हुन्छ । र, देशले धन धान्यले वृद्धि हुनेछ भन्नेको छ । भनेको देशले विकासको एउटा गतिलाई फेरि निरन्तरता प्राप्त पाउने योग बनेको छ ।

अहिलेसम्मको योगमा उहाँ (देउवा)ले विश्वासको मत पनि पाउनु हुन्छ । र, निर्वाचन पनि उहाँकै समयमा हुन्छ । अबको समयमा त्यस्तो खाले गठबन्धनलाई बिगार्नका लागि योग बनेको देखिँदैन । त्यस्तो खालको योग बन्ने देखिदैन ।

मैले पहिलेदेखि भने थिएँ – २०७८ मा राजनीति परिवर्तन हुन्छ । नेपालमा ठूलो राजनीति दुर्घटना हुन्छ । जुन मैले बारम्बार भन्दै छु ।

उहाँ (देउवा) अझै दुईपटक प्रधानमन्त्री नहुने भन्ने छैन । ग्रह राशीले जुराएपछि सम्भव छ । पाँचपटक प्रधानमन्त्री बन्नु भयो दुईपटकका लागि गाह्रो कनि होला र !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ७ पटक प्रधानमन्त्री बन्नुहुन्छ भन्ने ज्योतिष सुरेश चन्द्र रिजालसँग कुराकानीको सम्पादित अंश :

प्रतिक्रिया