शुक्रबार, वैशाख १४, २०८१

माधव नेपालले भने : देउवालाई प्रधानमन्त्री बनाउने फैसला स्वागत योग्य

मेरोन्यूज २०७८ असार २८ गते १४:३५

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले सर्वोच्च अदालतको फैसला स्वागत योग्य भएको बताएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेता नेपालसहित विपक्षी गठबन्धनले सर्वोच्चमा रिट दायर गरेका थिए ।

नेता नेपालले प्रतिक्रिया दिँदै सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको बताएका छन् । उनले भने, ‘यो स्वागत योग्य छ ।’

यसैबीच माधव नेपालनिकट एमाले नेता योगश भट्टराईले प्रतिनिधिसभाको पुनः स्थापना गर्ने गरी आएको आदेश सम्मान र स्वागतयोग्य गर्ने बताएका छन् ।

प्रतिक्रिया