शुक्रबार, वैशाख १४, २०८१

देउवाले बोलाए पदाधिकारी बैठक, महाधिवेशनबारे छलफल हुने

मेरोन्यूज २०७८ असार २८ गते १२:५८

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । भोलि मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पूर्व पदाधिकारीलाई समेत उपस्थित हुन आह्वान गरिएको छ ।

बैठकमा महाधिवेशनको तयारी र निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुने जनाइएको छ । पार्टीको १४ औँ महाधिवेशन
आगामी भदौ १६–१९ गतेसम्म काठमाडौंमा हुने गरी कार्य तालिका तय भइसकेको छ ।

रमेश लेखक संयोजक रहेको ७ सदस्यीय क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता टुंग्याउने थप काम गर्न बाँकी रहेको अवस्थामा पदाधिकारी बैठक डाकिएको हो ।

प्रतिक्रिया