शुक्रबार, वैशाख १४, २०८१

एमाले स्थायी कमिटी बैठक भोलि साँझसम्म स्थगित

मेरोन्यूज २०७८ असार २७ गते १९:२८

काठमाडौं । सत्तासिन दल नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि साँझसम्म स्थगित भएको छ । आज ४ बजेका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका थिए ।

एमालेभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल दिनभर बैठकमा बसे पनि खास सहमति आउन नसकेपछि आजलाई बोलाइएको स्थायी कमिटी बैठक भोलि साँझसम्म स्थगित भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । ‘भोलि साँझ सम्म बैठक स्थगित गरिएको छ,’ उनले भने ।

कार्यदलले सहमतिको ठोस प्रस्ताव तयार पार्ने र त्यसलाई स्थायी कमिटीले अनुमोदन गरेर एमालेभित्रको विवाद अन्त्य गर्ने नेताहरूको तयारी थियो । तर, कार्यदलले अबेरसम्म सहमति हुने गरी केही ठोस निणर्णय बाहिर नल्याएकाले बैठक स्थगित गरेर भोलिका लागि बोलाइएको हो ।

बैठक अब भोलि सर्वोच्चले प्रतिनिधिसभा निर्वाचनका विषयमा दिने निर्णयपछि मात्र बस्ने तयारी छ

प्रतिक्रिया