बुधबार, वैशाख २६, २०८१

बैंक तथा वित्तीय संस्थाका शाखा कर्णालीमा २ प्रतिशत

मेरोन्यूज २०७८ असार २७ गते १७:३०


काठमाडौं । मुलुकमा सञ्चालित बैंक तथा वित्तीय संस्थाका शाखा विस्तारको अवस्था प्रदेशगत हेर्दा असमान देखिएको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांक अनुसार कर्णाली प्रदेशमा भने करिब २ प्रतिशत मात्र रहेको पाइएको छ । बागमती प्रदेशमा कुल शाखाको १ चौथाइ हिस्सा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाका गरी शाखा १० हजार ६ सय ११ पुगेका छन् ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै शाखा हुनेमा बागमती प्रदेश रहेको छ, जहाँ कुल शाखाको एक तिहाइ अर्थात् २ हजार ३७ (२५ दशमलब ४७ प्रतिशत) रहेको छ । यस्तै धेरै शाखा हुने दोस्रोमा लुम्बिनीमा ९ सय ८७ र तेस्रोमा प्रदेश १ मा ९ सय २९ रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ७ सय ९३, प्रदेश २ मा ६ सय ४८, सुदूरपश्चिम प्रदेशमा ३ सय ६८ र कर्णाली प्रदेशमा २ सय १२ वटा शाखा रहेको केन्द्रीय बैंकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिए ।

सञ्चालनमा रहेको शाखामध्ये सबैभन्दा धेरै वाणिज्य बैंकका छन् । २७ वाणिज्य बैंकका शाखा संख्या ४ हजार ६ सय ९४ पुगेको छ । शाखा संख्या धेरै हुने दोस्रोमा लघुवित्त वित्तीय संस्था रहेका छन्, जसको शाखा ४ हजार ६ सय ३७ पुगेको छ । यसैगरी विकास बैंकका शाखा १ हजार १६ र लघुवित्तका २ सय ९४ रहेको छन् ।

प्रतिक्रिया