बुधबार, वैशाख २६, २०८१

प्रवासमा नेपाली युवा विद्यार्थीहरुको भूमिका, चुनौति र दायित्व

बद्रीकुमार वरूवाल २०७८ असार २५ गते २२:०५

एनआरएनएको मुहार फेर्ने आशा गरिएको र नयाँ पदाधिकारीको चुनावको पूर्वसन्ध्यामा बाहिर बसेर संस्थामाथि आरोप लगाउनुभन्दा संस्थाभित्रै आएर केही परिवर्तन गर्न सकिन्छ कि भन्ने मूल उद्देश्यलाई तत्काल सम्बोधन गर्नुपर्ने बेला आएको छ । कुनै पनि संस्था अत मन्दिर नराम्रो हुँदैन । त्यसलाई चलायमान गर्ने पदाधिकारी अत पुजारीको नियत ठीक छैन भने त्यसको कुनै औचित्य र गरिमा रहँदैन । परिवर्तनका सम्वाहक मानिने युवा अब नयाँ जोश उमङ्गले संस्थामा परिवर्तन ल्याउने चुनौति आएको छ । सन् २००५ मा जुन उद्देश्यले यस संस्थापकहरुको अथक परिश्रमले यस संस्थाको जन्म भयो । के यो त्यसको मर्म र भावनाको गतिमा गइरहेको छ त ? यसको गम्भीर छलफल र बहस गर्नुपर्ने बेला आएको छ ।

Advertisement

समाजसेवा एउटा विशुद्ध र पवित्र त्याग हो र उच्च स्थानको काम हो तर समाजसेवाको नाममा हाम्रो समुदायमा भइरहेका क्रियाकलापहरु राम्रोसँग नियाल्नुपर्ने आवश्यक छ । सात समुन्द्रपारी नेपालका विभिन्न स्थानबाट आफ्नो कर्मथलो बनाएको परिश्रमी मौरी झैं हामी नेपाली समुदाय आफ्नाे बलियो पकड बनाउँदैछौं। अष्ट्रलियामा तर यदि हामीहरु एकअर्कामा संकीर्ण सोच र बदलाको भावना विकास गर्यौं भने हामी चढेको विमान गन्तव्य नपुग्दै दुर्घटनामा पुग्ने सम्भावना हुन्छ ।

नेपालमा जस्तै पार्टीगत, गुटगत र नाताबाद को अभ्यासले यतिखेर युवा विद्यार्थीहरु चपेटामा परेका छन् अर्को शब्दमा भन्नुपर्दा युवा विद्यार्थीहरुलाई एनआरएनए प्रति वितृष्णा को वातावरण सिर्जना भएको छ। हामीले परिवर्तन नगरे कसले गर्ने ? आज अभियान सुरु नगरे कहिले गर्ने? बाहिर बसेर भन्दा संस्था भित्र आएर सुधारका कामहरु थुप्रै गर्न सकिन्छ। सिर्जनशील हात, सम्भावनाका खानी, अतुलनीय उर्जा परिवर्तनका सम्वाहक युवा विश्वको महत्वपूर्ण ऐतिहासिक र निर्णायक आन्दोलनमा होमिएका र नेपालमा पनि २००७ को प्रजातान्त्रिक क्रान्तिदेखि लिएर २०६२/०६३ सम्मको जनआन्दोलन २ मा युवाकै त्याग र अर्पण देखिन्छ ।

देशमा विद्यमान राजनीतिक अस्थिरताका कारण फेरी युवा हरवखत सक्रिय र गतिशील छन्। नेपालमा राजनीतिक अस्थिरताका कारण पैदा भएको बेरोजगारी र निराशाले युवा विद्यार्थीहरु विदेश पलायनका विविध बाटाहरु पहिल्याई बिदेशिन बाध्य छन्। अष्ट्रेलियामा पनि नेपाली विद्यार्थीले आफ्नो राम्रो पकड बनाएका छन् ।

अब अष्ट्रेलियाको सेरोफेरोमा रहेर हेर्ने हो भने अबको टड्कारो आवश्यकता विमान विद्यार्थीको अभिभावक एनआरएनएले युथ कोअर्डिनेटमार्फत् युवा तथा विद्यार्थी सशक्तिकरणको अभियान चलाउनुपर्ने टड्कारो आवश्यकता रहेको छ । विद्यार्थी युवाको लागि सक्षम युवाकै नेतृत्व आवश्यक रहन्छ । । त्यस्तै हाम्रो धेरै युवा साथीहरुमा निम्न योजना ल्याउने मेरो योजना छ ।

हाम्रो समुदायमा विभिन्न युवा संस्थाहरु जस्तै भिएफएमएल (भिजन फर मोटिभेसनल), वीनर सर्कल, असपाली हाम्रो सानो प्रयास जस्ता अन्य अभियानहरु छन् । यहाँहरु सबैसँग सहकारी गरेर मात्र युवा सशक्तिकरणका अभियानहरु चलाउन सकिन्छ। मेन्टल हेल्थको अन्तर्गत ध्यान, योगका कार्यक्रमहरु सञ्चालन गर्ने, त्यस्तै जुवा र कुलतमा परेकालाई क्रियटिभ काममा प्रोत्साहन गर्ने, विद्यार्थी कल्याणकोषलाई अझै बलियो बनाउने, एनआरएनए युथ स्टुडेन्ट अवार्डको स्थापना र कार्य सम्पादन गर्ने जसले युवाहरुमा थप सकारात्मक पैदान गर्न सक्छ, मनोरञ्जन र खेलकुद सम्बन्धी विशेष कार्यक्रम ल्याउने, युवा सशक्तीकरणको ठोस कार्यक्रम ल्याउने, अन्त्यमा नेपालको जस्तै राजनीतिक अभ्यास पूर्णरुपले निरुत्साहित गर्ने र युवा, विद्यार्थी यहाँ पहिलो पुस्ता र अग्रज अभियन्ताको एउटा सच्चा पुल बन्ने भन्ने मेरा मूलभूत योजना रहेका छन् ।

अन्त्यमा पहल आफैँ– आफ्नै समाजबाट प्रारम्भ गर्नुपर्छ । हाम्रो यो दूरगामी अभियान हाम्रो जीवनलाई सरल, सकारात्मक र संस्थालाई सबैको साझा मन्दिर बनाउने हो । एनआरएनए अष्ट्रेलिया र युवा विद्यार्थीका जुन ग्याप छ त्यसलाई युवा संयोजकले जोड्ने हुँदा अझ सशक्त रुपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । विगत १२ वर्ष विद्यार्थी भिसामा आएपछि आफूले भोगेका समस्यालाई पहिलाको परिवेशमा कसरी समाधान गर्न सकिन्छ भन्नेमा मेरो ध्यान रहनेछ । यहाँ रहँदा युवा शक्तिहरुबीच विभिन्न समयमा सामाजिक कार्यहरुमा आफूलाई सहभागी गराउने अवसर प्राप्त भयो । त्यसलाई अझै परिवमार्जत ढङ्गले युवाहरु स्वतस्फूर्तरुपमा प्रतिबद्धता रहनु पर्ने र समुदायका आग्रह तथा युवा विद्यार्थीहरुसँग सहमति, सहकार्य र एकताको लागि सबै समर्पित हुनुपर्ने अहिलेको आवश्यकता छ।

प्रतिक्रिया