शुक्रबार, वैशाख १४, २०८१

यूरो कप फुटवल

स्पेनलाई हराउँदै इटली पुग्यो यूरोकप फुटवलको फाइनलमा

मेरोन्यूज २०७८ असार २३ गते ३:४२

काठमाडौं । इटली चिरपरिचत प्रतिस्पर्धी स्पेनलाई हराउँदै यूरो कप फुटवलको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको वेम्बली स्टेडियममा भएको खेलमा इटलीले स्पेनलाई पेनाल्टी शुटआउटमा पराजित गदै फाइनल यात्रा सुरक्षित गरेको हो । इटलीले स्पेनलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गरेको हो ।

पेनाल्टी शुटआउटका आधारमा छिनोफानो भएको स्पेन र इटलीको खेलमा स्पेनका प्रभावशाली खेलाडीले नै पेनाल्टी मिस गरेका थिए । इटली विरुद्ध स्पेनका ७ नम्वरका खेलाडी मेरोटा जसले दोस्रो हाफको खेलमा गोल गरेर वरावरीमा खेललाई पुराएका थिए, उनैले पेनाल्टी सुट आउटमा भने मिस गरेका थिए ।

युरोपियन च्याम्पियनसिपमा लगातार चौथोपल्ट इटली र स्पेनले आमनेसामने भएर प्रतिस्पर्धा गरेका थिए । यूरोकपको जतिपटक सेमिफाइनल स्पेनले खेलेको थियो, त्यसमा उसले कहिल्यै हार खाएको थिएन । यो पटक भने इटलीसँग पेनाल्टी शुट आउटका आधारमा पराजित हुन पुगेको हो । हुनत यो पटकको यूरोकपममा सेमिफाइनलसम्मै स्पेन खेलको अन्तिम समयमा भएको पेनाल्टी सुट आउटकै आधारमा पुगेको थियो । यो पटक फाइनल यात्राका लागि भने उसलाइ पेनाल्टी शुटआउट फाप्न सकेन ।

अव इटलीले फाइनलका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्याण्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति नेपाली समय अनुसार १२ : ४५ बजे हुनेछ ।


खेलको पहिलो हाफसम्म दुवै टिमले कुनै गोल गर्न सकेका थिएनन । खेलको दोस्रो हाफमा आएर मात्र इटलीले पहिले गोलको खाता खोलेको थियो । इटालीका १४ नम्वरका खेलाडी फ्रेडरिको सेस्सीले खेलको ६० औं मिनेटमा गोल गरेका थिए ।


तर स्पेनले खेलको ८० औं मिनेटमा गोल फर्काएको थियो । स्पेनका ७ नम्वरका खेलाडी मेरोटा ले ड्यानी अल्वोको पासमा गोल फर्काएका थिए ।
त्यससँगै दोस्रो हाफको ९० औं मिनेटसम्म दुवै टिम एक-एक गोलको बराबरी खेलेका थिए ।


त्यसपछि थप गरिएको अतिरिक्त ३० मिनेटको खेलमा पनि दुवै पक्षले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी शुटआउटमा इटलीका तर्फवाट पहिलो पेनाल्टी प्रहार गर्न पुगेका ५ नम्वरका खेलाडीको पेनाल्टी स्पेनका गोलकिपरले रोकेका थिए । त्यसैगरी स्पेनका ड्यानी अल्वोले पनि पेनाल्टी मिस गरेका थिए ।

इटलीका ९ नम्वरका खेलाडीले गोल गरेका थिए पेनाल्टीमा । त्यसपछि पेनाल्टी प्रहार गर्न पुगेका स्पेनका ९ नम्वर खेलाडीले पनि पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि इटलीका १९ नम्वरका खेलाडीले पनि गोल गरेका थिए ।


स्पेनका १० नम्वरका खेलाडीले पनि पेनाल्टी गोल गरे । त्यसपछि पेनालटी प्रहार गर्न पुगेका इटलीका २० नम्वरका खेलाडीले पनि गोल गरेका थिए । स्पेनका ७ नम्वरका खेलाडी मेरोटाले त्यसपछि पेनाल्टी मिस गरेका थिए । त्यसपछि भने इटलीका ८ नम्वरका खेलाडी ले पेनाल्टी प्रहार गर्न पुगेका थिए । उनले निर्णायक पेनाल्टी गोल गदै इटलीलाई यूरोकप २०२० को फाइनलमा प्रवेशको बाटो खोलेका थिए ।

खेलको फिफा वरियताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै इटालीले सेमिफाइनलमा पुगेको थियो । १९६८ मा युरोकपको उपाधि जितेको इटाली २००० र २०१२ मा उपविजेता बनेको थियो ।

प्रतिक्रिया