शुक्रबार, वैशाख १४, २०८१

एमाले कार्यदलको बैठकमा औपचारिक विषयले प्रवेश पाएन, भोलि पुनः बैठक बस्ने

मेरोन्यूज २०७८ असार २१ गते २०:१६

काठमाडौं । पार्टी भित्र देखिएको विवाद समाधान समाधानको मार्ग पहिल्याउने उद्देश्यले सिंहदरबारमा जारी सत्तारुढ दल नेकपा (एमाले)को कार्यदलको बैठक सकिएको छ ।

आज साँझ शुरु भएको बैठक भर्रखरै सकिएको हो । आजको बैठक सकारात्मक रुपमा सम्पन्न भएको माधवकुमार नेपाल पक्षबाट कार्यदलको संयोजक रहेका भीम रावलले जानकारी दिए ।

आजको बैठकमा कुनै एजेण्डामा छलफल नभएको तर भोलि बस्ने बैठकमा विषय प्रवेश हुने उनले बताए ।भाेलि १ बजे बैठक बस्ने गरी नेताहरू निस्किएका छन् । बैठकमा कार्यदलमा रहेको दुवै पक्षका सदस्यको सहभागिता थियो ।

बैठकमा हार्दिकतापूर्वक छलफल भएको र अनौपचारिक रुपमा भइरहेका छलफल, सहमति र सहमितका मस्यौदाका विषयमा छलफल भएको कार्यदल सदस्य गोकर्ण विस्टले बताए । कार्यदलकाे बैठकमा आजदेखि नयाँ अध्याय शुरू भएकाे उनले बताए ।

कार्यदलमा ओली पक्षका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली रहेका छन् । यस्तै नेपाल पक्षबाट डा भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

प्रतिक्रिया