शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रिय सभाको बैठक आज बस्दै, राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेश हुने

मेरोन्यूज २०७८ असार २० गते ९:२१

काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । नयाँ बानेशवरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय समावेशी आयोग र समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने कार्यसूची छ ।

यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वािर्षक प्रतिवेदन २०७७/०७८ पेश गर्नेछन् ।

गत बिहीबार सुरु भएको राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो दिन आगामी आर्थिक वर्षको बजेटसँग सम्वन्धित सहित १६ वटा अध्यादेश टेबल भएको थियो ।

प्रतिनिधि सभा विघटनको अवस्थामा रहेकाले राष्ट्रिय सभाको चालु अधिवेशनले प्रभावकारी काम गर्न नसक्ने जानकारहरु बताउँछन् ।

विधेयकहरु दुबै सदनबाट पारित हुनुपर्ने भएकाले एउटा मात्र सदनको अधिवेशन आह्वान हुनुले खास अर्थ नराख्ने उनीहरुको तर्क छ । सरकारले राष्ट्रिय सभामा टेबल गरेको अध्यादेश पनि दुबै सदनबाट पारित हुनुपर्छ ।

प्रतिक्रिया