सोमबार, वैशाख २४, २०८१

के हामी कोरोना भाइरससँग बाच्न सक्छौँ ?

देवी श्रीधर २०७८ असार २० गते १०:२३

कोरोना महामारीको शुरुवातामा यसको उपचार भनेकै आफ्नो सीमालाई नियन्त्रण गर्नु थियो । भ्याक्सिन र उपचारको अभावमा जुन देशले आफ्नो देशको सीमालाई प्रभावकारी रुपमा नियन्त्रणमा लिन सक्यो त्यसले मात्रै कोरोना महामारी नियन्त्रण गर्न सक्ने अवस्था थियो ।

Advertisement

बेलायतले भने त्यो विकल्पलाई राम्रोसँग प्रयोग गरेन जसको मूल्य उसले आजका दिनमा भुक्तान गर्दैछ । यद्यपि, हाल हामी फरक चरणमा छौँ । हामीसँग प्रभावकारी रुपमा प्रयोग गर्न सकिने भ्याक्सिन छ जसले प्राकृतिक महामारीसँग जुध्न र भ्याक्सिनको प्रयोगबाट मानिसको जीवन रक्षाका क्षेत्रमा काम गर्न सकिन्छ । कोरोना भाइरसका नयाँ भेरियन्ट, डेल्टाका सन्दर्भमा हामी आफूलाई पेट्रीडिश (एक प्रकारको सिसाको भाडा) जस्तो भएका छौँ । भ्याक्सिनले नयाँ प्रकारको भेरियन्टमा कसरी काम गर्छ भन्ने मुख्य प्रश्न भएको छ । अहिलेसम्मको संकेत हेर्दा अवस्था आशा लाग्दो नै छ, तर भ्याक्सिनको एक मात्राको प्रभावकारीता कम हुने हुँदा छिटो भन्दा छिटो डबल डोज भ्याक्सिन लगाउन प्रेरित गर्नुपर्छ ।

देवी श्रीधर

यी सबै कारणले गर्दा १९ जुलाईको बेलायतको ‘स्वतन्त्रता दिवस’लाई अझ ठूलो बनाउँछ । सक्रमण दर बढ्दै गर्दा हामी तीनवटा महत्वपूर्ण सूचनाको पखाईमा छौँ । पहिलो के युवाहरुमा नयाँ भेरियन्टको प्रभाव बढ्दै जाँदा त्यसको असर वृद्धवृद्धामा पनि देखिन्छ ? दोस्रो अस्पताल भर्ना हुने मानिसको संख्या कति पुग्नेछ, यी मध्येका कति प्रतिशत मानिसलाई आईसियूमा राख्नु पर्नेछ, के राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले यसको सामना गर्न सक्नेछ ? तेस्रो, दुई डोज भ्याक्सिनले विशेषगरी वृद्धा र कमजोर मानिसहरुलाई कुन हदसम्म रक्षा गर्छ ? यही कारणले वैज्ञानिकहरुले सावधानीपूर्वक भन्न थालेका छन् कि हामी यस्तो समयमा आईपुग्न लागेका छौँ, ‘जहाँ हामी भाइरससँगै बाच्नु पर्नेछ’ र यसलाई अनियन्त्रित रुपमा फैलिन दिनुपर्नेछ ।

यसको अर्कोतर्फ, निरन्तर रुपमा नियन्त्रण गर्दा यसले हामीलाई हानी पुर्याउन सक्छ । धेरै व्यवसाय राम्रो मुनाफा कमाउनका लागि पूर्ण रुपमा सञ्चालन हुनुपर्छ । उच्च दरको सक्रमणलाई सरकारले ‘पूर्ण सुरक्षित’ छ भनेर कहिले स्वीकार गर्न सक्छ ? तपाईले यो सँग सम्बन्धित उदाहरणलाई बाटोको सुरक्षासँग जोड्न सक्नुहुन्छ । महामारीको शुरुवातामा मानिसहरुले बरफ युक्त बाटोमा तीव्र गतिमा मोटर साइकल चलाउँदै थिए, विना हेलमेट । यस्तो अवस्थामा मोटर बाटो बन्द गर्ने उपायलाई उर्पयुक्त ठहर्‍याउन सकिन्थ्यो । भ्याक्सिन, परीक्षण र उपचार पछि सिटबेल्ट बाँधेर एयर ब्याग भएको कार र राम्रो मौसममा गाडी चलाएको जस्तै सुरक्षित छ । गति नियन्त्रणको मापदण्ड सहित अबको अवस्थामाा बाटो खुला हुन दिनुपर्छ । यो विधि नै न्यायोचित देखिन्छ । के यसले हामीलाई सक्रमण दर संख्याका विषयमा कम चिन्तित हुन दिन्छ ?

यसका केही जटिल कारक पनि छन् । पहिलो लामो समयसम्म रहने कोभिडको असर हो । यो भाइरसले दीर्घकालिन रोग निम्त्याउन सक्छ । यसले कहिल्यै पनि अस्पताल भर्ना नभएका विरामीलाई महीनौँसम्म अस्पताल भर्ना गराउन सक्छ, यस अवधिमा विरामीलाई निरन्तर ज्वरो आउने, मुटु सम्बन्धि रोग, फोक्सोमा घाऊ र श्वासप्रश्वास सम्बन्धि रोग निम्तिन सक्छ । खुशीको कुरा के भने यल विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार भ्याक्सिनको प्रयोगले सक्रमितहरुमा यस्तो लक्षण कम गर्न सक्छ । यसैबीच, सक्रमण दरलाई बेवास्ता गर्नु भनेको लामो समयसम्म कोभिड रोगबाट सक्रमित हुनु हो ।

दोस्रो महत्वपूर्ण मुद्दा भनेको युवा पुस्तालाई व्यवस्थापन गर्दै शिक्षिक व्यवधानलाई कसरी कम गर्ने भन्ने हो । आफ्नो कक्षामा धेरै साथी कोरोना पोजेटिभ भएका कारण धेरै विद्यार्थी हाल घरमा नै आईसोलेशनमा छन् । गम्भिर विरामी हुने कम जोखिम देखिँदा केही व्यक्ति यसलाई स्कूलमा फैलिन दिनुपर्ने बताउँछन् । यसलाई श्वासप्रश्वास सम्बन्धि रोग अथवा फ्लुका रुपमा लिनुपर्ने उनीहरुको सुझाव छ । यी दुवै गम्भिर हुनसक्ने भएपनि सामुहिक आईसोलेशनमा बस्नुपर्ने अवस्था नआउने उनीहरुको राय रहेको पाइन्छ ।

अर्कोतर्फ, करीब तीन सयदेखि चार सय बच्चा अमेरिकामा कोभिडका कारण निधन भएका छन् । यो सन् २०२० मा अमेरिकामा बालबच्चा निधन हुने प्रमुख १० कारणमध्ये एक थियो । फेरी पनि, यसको कुनै निश्चित उत्तर भने छैन । अमेरिकाले उच्च माध्यमिक विद्यालयका हकमा सबैभन्दा राम्रो उपाय भनेको १२ वर्ष माथिका बालबच्चालाई फाइजर खोप लागाउनु भएको बताएको छ । यो उमेर समुहमा भ्याक्सिनको परीक्षण गरिएको छ जुन सुरक्षित पाइएको छ । युवा समुहमा लगाईएको भ्याक्सिनको प्रभाव बालबच्चामा पनि देखिनेछ । बेलायतका हकमा भने यहाँको भ्याक्सिनेसन सम्बन्धि संयुक्त कमिटीले बालबच्चामा भ्याक्सिनको प्रयोग गर्ने किन गर्ने भन्ने निर्णय लिई सकेको छैन ।

तेस्रो चासो भनेको अधिक गम्भिर र अत्याधिक सम्भावित रुपमा विकास हुन सक्ने सक्रामक रोग हो । यो अवधिमा भाइरस उच्चगतिमा फैलिन सक्छ र नयाँ भेरियन्टको उत्पति हुनसक्छ । भाइरसको उत्पतिपछि उत्परिर्वतन प्राकृतिक हुन्छ । भाइरस धेरै हुँदा यस्तो हुनसक्ने सम्भावना बढी हुन्छ । यस्तैले सक्रमण फैलिन सक्ने सम्भावनालाई कम गर्न भ्याक्सिन नै प्रभावकारी माध्यम हो ।

यो अनिश्चितताको समय आउने कति हप्ता अथवा महीनासम्म रहन्छ भन्ने म यसै भन्न सक्दिन । जे थाहा छ त्यतिमात्रै भन्न सक्छौँ । हामीलाई के थाहा छ भने प्रमाणित सबै भ्याक्सिनको दुई डोजले यो महामारी नियन्त्रणमा प्रभावकारी काम गर्छ । हामीले अपेक्षा गरेको निषेधाज्ञालाई यसैले मात्रै हटाउन सक्छ । निरन्तरको निषेधाज्ञा र शिक्षिक व्यधानले हामी आफैलाई हानी गर्छ । सार्वजनिक स्वास्थ्य सेवाहरुले निकै ठूलो चुनौतीको सामना गर्नु परेको छ र अब आउने नयाँ लहरमा पनि यस्तै प्रकारको चुनौती रहनेछ ।

यस्तो अवस्थामा हामीसँग के विकल्प छ त ?अन्तर्राष्ट्रिय रुपमा यात्रा गर्ने यात्रुहरुले दुई मात्राको खोप लगाएका छन् कि छैनन् अनुगमन गर्ने, अथवा १० दिनको क्वारिन्टाइन बसेका छन् छैनन् निगरानी राख्ने, सामुहिक रुपमा पीसिआर परीक्षण गर्ने जसले गर्दा सक्रमितबाट थप सक्रमण बढ्न सक्ने सम्भावनालाई कम गर्न सकिन्छ । भ्याक्सिनको सुनिश्चिता नभए सम्मको अवस्थामा मुख छोप्ने ।

के हामीले मास्कको प्रयोग र भौतिक दूरीलाई सधैँका लागि पालना गर्नुपर्छ ? सन् १९१८ को महामारीले मानिसको दैनिकीमा धेरै नै परिर्वतन ल्याएको थियो । त्यो परिर्वतन लामो समय टिकेन । घुलमिल गर्न सक्ने, समाजिक हुनसक्ने, थिएटर जाने, नाच्ने, यात्रा गर्ने क्षमताकै कारण हामी मानव भएका हौँ । यो अवस्था फेरी र्फिनेछ । हालको अवस्था केही समयको कुरा मात्रै हो ।

(प्राध्यापक देवी श्रीधर बेलायतस्थित एडिनबर्ग विश्वविद्यालयकी वैश्विक सार्वजनिक स्वास्थ्य सम्बन्धि अध्यक्ष हुन् । १ जुन २०२१ मा द गार्जियनमा उनको यो लेख प्रकाशित छ ।)

प्रतिक्रिया