शनिबार, वैशाख १५, २०८१

संसद विघटन सदर हुनु पर्छ : अधिवक्ता दाहाल

मेरोन्यूज २०७८ असार १८ गते १३:२५

काठमाडौँ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी बाबुराम दाहालले संविधानको धारा ७६(५)को व्याख्या गरी सर्वोच्च अदालतले निकास दिनु पर्ने बताएका छन् । शुक्रबार बहस गर्दै उनले लहडमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन नगरेको बताए ।

बहसमा बोल्दै उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले लहडमा विघटन गरेको होइन, सरकार बन्नै नसकेपछि विघटन गरिएको हो ।’

अहिलेको विघटनलाई अन्यथा नभएको भन्दै सदर हुनु पर्ने उनको जिकिर थियो । धारा ७६ (५)को व्याख्या गर्दा राष्ट्रपतिको अधिकार छेक्ने गरी आदेश हुन नसक्ने उनले बताए ।

प्रतिक्रिया