शुक्रबार, वैशाख १४, २०८१

‘लोकतन्त्र जप्ने माला हैन’ : दीनानाथ शर्मा

मेरोन्यूज २०७८ असार १७ गते १७:२४

काठमाडौं । राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले हाम्रो संविधान प्रधानमन्त्री प्राणाली भ्रममा हुदाँ अहिलेको यो अवस्था आएको बताएका छन् । संसद विगठन गर्ने र संविधानको धाराको खिल्ली उडाउँदा अहिले देश संकटमा पुगेको उनले बताएका हुन् ।

उनलेभने, “प्रधानमन्त्रीलाई लागेको होला ,यो प्रधानमन्त्री प्रणाली हो मैले संविधानलाई किल्चदाँ पनि केही हुदैन् भन्ने दम्भले गर्दा देश संकटमा पुगेको छ ।”
कमिसनमा कुरा नमिल्दा कोरोना खोप आउन नसकेको उनको आरोप छ ।

उनले भने “पहिलो डोज लगाएका साढे १३ दोस्रो डोजको पर्खाईमा रहेका छन् जस मध्ये म पनि एक हुँ, के म खोप लगाउँन नपाउँने ,म जस्तै अरु जनताले खोप लगाउँन नपाउने हो,” उनले प्रश्न गरे । लोकतन्त्र भनेको जप्ने माला हैन यो व्यवहार र अभ्यास रहेको उनको भनाई छ ।

प्रतिक्रिया