शुक्रबार, वैशाख १४, २०८१

प्रधानन्यायाधीशको प्रश्न : देउवाले अन्य सांसदको समर्थन लिएर जाँदा कसरी गल्ती ?

मेरोन्यूज २०७८ असार १७ गते १३:१३

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ‌ओलीका तर्फबाट बहस जारी छ । निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेलले आज गरिरहेका छन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा दाबी गर्न कांग्रेस सभापति तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले कांग्रेस, माओवादी र अन्य सांसदको समर्थन लिएर जाँदा कसरी गल्ती भयो भनी प्रश्न गरेका छन् ।

उक्त बहसमा खरेलले प्रतिनिधिसभा विघटन र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगर्नु सही रहेको तर्क गरिरहेका बेला प्रधानन्यायाधीश जबराले यस्तो प्रश्न गरेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ जनाले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा बिहीबार पनि निरन्तर सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया