शुक्रबार, वैशाख १४, २०८१

एमालेमा माधव नेपालसहित नेताको निष्कासन स्वतः खारेज, स्थायी कमिटीमा ८ जना थपिए

मेरोन्यूज २०७८ असार १६ गते १४:३१

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटी भंग भएको छ । यससँगै पार्टीका काम कारबाही केन्द्रीय कमिटीबाट नै हुने भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा थपिएका एमालेका ४ र माओवादीका ४ नेतालाई थप गरेको छ ।

कमिटी खारेज भएसँगै नेता माधव नेपालसहित ११ जनामाथि गरिउको कारबाही स्वतः खारेज भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीलगायतलाई पार्टीबाट निष्कासन गरेको थियो ।

सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार सबै कारबाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।

यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ ।

प्रतिक्रिया