शुक्रबार, वैशाख १४, २०८१

आज असार पन्ध्र अर्थात धान दिवस

मेरोन्यूज २०७८ असार १५ गते ८:४४

काठमाडौं । आज असार पन्ध्र अर्थात धान दिवस, देशभर धान रोपेर मनाइँदैछ । हरेक वर्षको असार १५ गते धान रोप्नुका साथै दही चिउरा खाएर यो दिवस मनाउने गरिन्छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।

सकरारले २०६१ साल मंसिर २९ गते आजको दिनमा राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि आजको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो ।

विशवभर फैलिएको कोरोना संक्रमणका कारण यो वर्ष औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।

प्रतिक्रिया