शुक्रबार, वैशाख १४, २०८१

माधिवेशन तयारीबारे पौडेल र सिटौलासँग सुजाता कोइरालाको छलफल

मेरोन्यूज २०७८ असार १४ गते १६:२६

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेकी छन्। कोइरालो मण्डिखाटारस्थित आफै निवासमा बरिष्ठ नेता पौडेल र सिटौलालाई बोलाएर छलफल गरेकी हुन् । कोइराला कांग्रेस महाधिवेशनमा सभापतिमा उठ्ने बताउँदै आएकी छिन् । महिलालाई कांग्रेसको नेतृत्वमा पुर्‍याउन आफूले सभापतिमा उम्मेदवारी दिने कोइरालाले निकट नेताहरूसँग भन्ने गरेकी छन्।
कांग्रेसको १४ औं महाधिवेशन तयारीबारे वरिष्ठ नेता र पूर्वमहामन्त्रीसँग छलफल गरेकोे कोइरालाले बताइन् । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ।

प्रतिक्रिया