बुधबार, वैशाख २६, २०८१

देउवा पक्षबाट ३६ जना वकिलले गरे बहस

मेरोन्यूज २०७८ असार १३ गते १६:५०

काठमाडौँ । प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका वकिलहरूको बहस सकिएको छ । संवैधानिक इजलासमा सुनुवाइ गर्न देउवा पक्षका वकिललाई १२ घन्टा बहस गर्ने समय दिइएको थियो । उक्त समय आज सकिएको छ ।

Advertisement

असार ९ गतेदेखि सुरु भएको विपक्षी गठबन्धनको तर्फको बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका छन् । संसद विघटन मुद्दाको पक्ष र विपक्ष दुबै पक्षलाई १५/१५ घण्टा बहसको समय तोकिएको थियो । रिट निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा सकिएको हो । ३ घण्टा समय रिट निवेदकको विपक्षीले बहस गरेपछि जवाफी बहसका लागि छुट्याइएको छ ।

यस्तै, सर्वोच्च अदालतले एमिकस क्युरीका लागि २ घण्टा समय तोकिएको छ । देउवाको पक्षमा बहस गर्ने वकिलहरुले संसदका बहुमत सदस्यहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएको तर राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त नगरेको जिकिर गरेका थिए ।

अब सोमबारदेखि सरकार पक्षका वकिलले बहस गर्ने छन् । सरकार पक्षबाट महान्यायाधीवक्तासहित ११ अधिवक्ताले बहस गर्नेछन् ।

प्रतिक्रिया