२४ घण्टामा संक्रमित हुनेभन्दा निको हुने दुइ गुणा बढी
मेरोन्यूज
२०७८ असार १२ गते १७:०९

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय १४ जना कोरोना भाइरस कोभिड १९ बाट संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २हजार १६ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ९ हजार ८१० जनाको स्वाब परीक्षण गरिएको थियो । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ ।
यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् भने कोरोना निको हुने दर ९१।९ प्रतिशत रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया