शनिबार, वैशाख १५, २०८१

भारतमा ४८ हजार संक्रमित थपिए

मेरोन्यूज २०७८ असार १२ गते १४:१३

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना संक्रमित भएका हुन् । संक्रमणमुक्त भएकाहरुको संख्या भने थप संक्रमितको संख्याभन्दा बढी रहेको छ ।

अधिकारीहरुका अनुसार सोही अवधिमा संक्रमणमुक्त भएकाहरुको संख्या ६४ हजार ८१८ रहेको छ । त्यसैगरी पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसका कारण थप एक हजार १८३ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसको महामारीको अवस्थामा सुधार आइरहेको जनाएको छ । भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या तीन करोड एक लाख ८३ हजार १४३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

ती मध्येदुई करोड ९१ लाख ९३ हजार ८५ जना संक्रमणमुक्त भएका छन् भने तीन लाख ९४ हजार ४९३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले पनि पाँच लाख ९५ हजार ५६५ जना कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेका छन् । कुल संक्रमित मध्ये ९६।७२ प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमणमुक्त भएको तथ्याङ्कले देखाएको छ । ती मध्ये १.३१ प्रतिशतको मात्रै मृत्यु भएको छ । भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले पछिल्लो २४ घण्टामा १७ लाख ३५ हजार ७८१ जनाको कोरोना परीक्षण गरेको छ ।

यही जुन २५ तारिखसम्ममा भारतमा अहिलेसम्म कुल ४० करोड १८ लाख ११ हजार ८९२ पटक कोरोना परीक्षण गरिएको छ । त्यसैगरी देशभरी अहिलेसम्म ३१ करोड ५० लाख ४५ हजार ९२६ मात्रा खोप प्रयोग भएको छ । ती मध्ये ६१ लाख १९ हजार १६९ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ । रासस

प्रतिक्रिया