शुक्रबार, वैशाख १४, २०८१

आजको राशिफलः आषाढ ११ गते शुक्रबार

ज्यो. दिवाकर पन्त २०७८ असार ११ गते ६:०९

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको ११ गते शुक्रबार, आषाढ कृष्णपक्षको प्रतिपदा तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
सुख सुविधा प्राप्ति हुने छ । भाग्य बलियो रहने छ । तर घर जग्गा, जमिन, घडेरी जस्ता विषयमा नोक्सानी व्योहर्नु पर्ने छ । शारीरिक रुपमा कमजोरीहरु देखा पर्ने छ । पेशागत जीवन सकारात्मक रहने छ । खासगरी व्यावसाय गरिरहेकाहरुको हकमा क्रमशः सुधार देखा पर्ने छ ।

वृष
विभिन्न बाधा अवरोधहरु आउँछन् कि भन्ने र भविष्य प्रतिको चिन्ताले वर्तमान बिगार्ने छ । मनमा चिन्ता, भय र डरले सताउने छ । चिसो र पानीजन्य समस्याले सताउने हुँदा सतर्क रहनु होला । पानीको कारोवार, चिसो पेय पदार्थ, आयात निर्यात, पर्यटन, ट्राभल एजेन्सी जस्ता व्यवसायमा सक्रियहरुका लागि समय प्रतिकुल रहेता पनि अन्यको हकमा सामान्य रहने छ ।

मिथुन
कटु खालको बाणि हुने भएकाले विशेष ध्यान दिनु होला । बोलीमा समस्या आउने छ । पैतृक सम्पत्तिका विषयमा गम्भीरखाले समस्याहरु देखा पर्न जाने छन् । जीवनसाथिको साथ सहित काम गरेमा केही शुभ हुने छ । पेशागत जीवन औसत अवस्थाको रहने छ ।

कर्कट
मनमा दुविधाले सताउने छ । शरीर कमजोर हुने छ भने मनोबल पनि कमजोर हुन पुग्ने छ । धैर्य भएर पाइला चाल्नु पर्ने समय छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न जाने भएकाले विचार पुर्याउनु होला । ब्यापार ब्यवसायमा पनि गति पैदा हुने छ्रन ।

सिंह
पेशागत जीवनमा स्थिरता आउने छ भने आम्दानिमा पनि केही बृद्धि नै हुन जाने छ । ब्यापार व्यवसाय, वाणिज्य क्षेत्र, व्यवस्थापनका क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने छ । शैक्षिक क्षेत्र, अध्ययन अध्यापन, शिक्षण क्षेत्रमा रहेकाहरुलाई पनि फाइदा मिल्ने छ ।

कन्या
धेरै महत्वाकांक्षि योजना नबनाउँदा उपयुक्त हुने देखिन्छ । पेशागत जीवन औसत प्रकृतिको हुने छ, केही द्वन्दको सामना गर्नु पर्ने छ । आम्दानीमा सोचे जस्तो बृद्धि नभए पनि भएका आम्दानीबाट सुखको अनुभुति प्राप्त हुने छ । साझेदारीमा गरिएका काममा बादबिबादका क्रम देखिने छन् ।

तुला
पेशागत काममा वा व्यापार व्यावसायको काममा यात्रा गर्नु पर्ने छ । पेशागत जीवनमा विभिन्न उल्झनहरु देखा पर्ने छ । व्यापार विजनेशमा रहेकाहरुलाई पनि समय अनुकुल बन्न सक्ने छैन् । होटल, रेष्टुरेण्ट, जलविद्युत क्षेत्र, सुरक्षा निकायमा सहभागिहरुले विशेष सतर्क रहनु होला ।

वृश्चिक
परिवार प्रति समर्पित हुन मन लाग्ने छ । खोज अनुसन्धान, परातात्विक क्षेत्र, कुटनीति, गुप्तचरी जस्ता क्षेत्रमा सहभागिहरुलाई समय सकारात्मक हुन्छ भने अन्यको हकमा मनमा नकारात्मक विचारले सताउने छ । भाग्यहिनताको अवस्थाले गर्दा कामहरु बन्ने छैनन् ।

धनु
पारीवारिक जीवनमा मिठो बोल्ने प्रयास गर्नु होला । सितल खालको स्वाभावले गर्दा सबैसँग मिल्न सक्ने स्वाभाव औसतमा देखिए पनि बोलीमा हुने अत्याधिक कडापनले सम्बन्धमा कटुता ल्याउने छ । मनोबल असाध्यै कमजोर हुने छ भने शारीरिक कमजोरीले पनि सताउने छ । आगो, तातोपानी तथा तातो पदार्थहरु निकै सतर्क भएर चलाउनु होला ।

मकर
दृढ खालको व्यक्तित्व हुने हुन्छ । तर अलि सन्काह प्रकारको व्यक्तित्व बन्ने हुनाले यस विषयमा ध्यान दिनु होला । मनमा दुविधाले सताउने छ । कुटनीति, गुप्तर क्षेत्रमा रहेकाहरुलाई भने सकारात्मक रहने छ । साझेदारीमा गरिएका काम र पेशागत जीवनमा समस्या आउने हुँदा धैर्यताको खाँचो रहन्छ ।

कुम्भ
जीवनसाथिको साथका कारण प्रगति उन्नति हुने छ । अविवाहित रुपमा प्रेम सम्बन्धमा रहेकाहरुको हकमा भने प्रेम जीवनमा समस्या देखा पर्न जाने छ । बौद्धिक स्तरमा प्रगति हुने छ । अध्ययन अध्यापनमा मन जाने छ । पेशागत जीवनमा उतारचढाव देखा पर्ने भएकाले संयमित रहनु होला ।

मीन
पेशागत जीवनमा पनि उन्नति प्रगति तथा कदर हुने छ । आम्दानीमा बृद्धि हुने छ । अध्ययन अध्यापनमा भने पटक्कै मन जाने छैन् । भित्रि चतुरताको अभाव हुने छ भने बाहिरी मुख्र्याईमा बृद्धि हुने छ । ब्यापारमा रहेकाहरुको हकमा समय सकारात्मकता तर्फ जाने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया