शनिबार, वैशाख १५, २०८१

को हुन् सञ्चारमन्त्री नैनकला थापा ?

मेरोन्यूज २०७८ जेठ २७ गते १५:०५

नैनकला थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज क्याविनेट विस्तार गर्न लागेका छन् । ओलीले आफैसँगै राखेका ७ मन्त्रालयमा मन्त्री थप गरेर विस्तार गर्न लागेका हुन् ।

उनले आज ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्न लागेका छन् । त्यसमा सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा बन्न लागेकी छिन् ।तत्कालिन गृहमन्त्री रामवहादुर थापाकी पत्नी नैनकला सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्न लागेकी हुन् ।

बुटबलमा जन्मिएकी थापासँग यस अगाडी राष्ट्रिय महिला आयोगको अध्यक्ष भएर ४ वर्ष काम गरेको अनुभव छ । त्यस्तै उनी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला सम्वन्धी विज्ञ समुहको सदस्य पनि छिन् । तत्कालिन माओवादी केन्द्रको उनी केन्द्रीय सल्लाहकार थिइन् ।
२०३५-०३६ सालदेखि नै राजनीतिमा रहेकी थापा महिला संगठनको नेतृत्वसम्म पनि सम्हालेकी नेतृ हुन् ।

यस्तो छ उनको परिचय :
नाम : नैनकला थापा
जन्मस्थान : बुटवल
हाल : चितवन
शैक्षिक योग्यता : वि.ए., वि.एड.
अनुभव :
पूर्व शिक्षिका : – कालिका मा.वि. बुटवल
– नारायणी मा.वि चितवन
संगठन : २०३५-०३६ विद्यार्थी आन्दोलनमा सहभागी
२०३८ : नेकपा (चौम) पार्टी सदस्य
२०३८ : अ.ने.म.संघ जिल्ला सचिव
२०४२ : अ.ने.म.संघ केन्द्रयि महासचिव
२०४७ : अ.ने.म.संघ केन्द्रीय संयोजक
२०५० : एककिृत अ.ने.म.संघ केन्द्रीय महासचिव
२०६४-२०६८ : राष्ट्रिय महिला आयोग अध्यक्ष
– तत्कालिन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार
– महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला सम्वन्धी विज्ञ समुहको सदस्य

प्रतिक्रिया