मंगलबार, वैशाख २५, २०८१

निजी अस्पतालले तोकिएको शुल्क लिएर कोरोनाविरुद्धको खोप दिन पाउने

मेरोन्यूज २०७८ जेठ २६ गते १६:२३


नयाँदिल्ली । भारतमा निजी अस्पतालले सरकारले तोकेको शुल्क लिएर कोरोनाविरुद्धको खोप लगाउन पाउँने भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले निजी अस्पतालले कोभिशिल्ड खोपको ७ सय ८० भारतीय रुपैयाँ लिन पाउने अनुमति दिएको हो ।

Advertisement


निजी अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक भ्याक्सिन लगाउन पाउने छन् । कोभ्याक्सिनको १४१० र स्पुतनिक भ्याक्सिनको ११४५ भारतीय रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ । भारतमा हाल कोरोना संक्रमण दर र मृत्यु दरमा पनि कमी आउँदै गएको छ ।

प्रतिक्रिया