सोमबार, वैशाख २४, २०८१

थप ५,३१६ जनामा कोरोना पुष्टि, ७,२१९ जना संक्रमणमुक्त

मेरोन्यूज २०७८ जेठ १९ गते १६:३३


काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण पौडेलले दिएको जानकारी अनुसार चौविस घण्टामा थप १३ हजार ८०५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन विधिबाट कोभिड १९ परीक्षण भएको थियो ।

Advertisement

सो परीक्षणबाट कुल ५ हजार ३१६ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो । सोही अवधिमा १०१ जनाको मृत्यु भएको छ । ७२१९ जना कोरोना मुक्त भएका छन् । १ लाख १९९३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया