मंगलबार, वैशाख २५, २०८१

यस्तो आयो काठमाडौँ उपत्यकामा निषेधाज्ञाको निर्णय

मेरोन्यूज २०७८ जेठ १९ गते १५:४५

काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप जेठ ३१ गतेसम्म लम्बिएको छ । थप गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने जानकारी दिएको छ ।

Advertisement

काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) निषेधाज्ञा थप्नेबारे मंगलबार दिउँसो बैठक बसेका थिए । तर, बैठक नसकिएपछि आज बुधबार निर्णयहरू सार्वजनिक गरेको हो ।

थप गरिएको निषेधाज्ञाको अवधिमा मानिस भिड हुने सबै प्रकारका सभा सम्मेलन बन्द हुने, विवाह व्रतबन्धको हकमा भने बढीमा ७ जना मात्रै सहभागी हुन पाउने भएका छन् ।

गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।

अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको हो । यस्तै, सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ ।

सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधनहरू समेत बन्द भएको थियो । तर, निर्माण सामग्री राति मात्रै ढुवानी गर्न दिने निर्णय भएको छ ।

प्रतिक्रिया