सोमबार, वैशाख २४, २०८१

कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा ? (सूचीसहित) ​

मेरोन्यूज २०७८ जेठ १९ गते १४:४७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएसँगै देशका विभिन्न जिल्लामा लागु भएको निषेधाज्ञा थप हुने भएको छ । सरकारले कोरोना नियन्त्रण गर्न शहरी क्षेत्रमा ५ सय र ग्रामीण क्षेत्रमा २ सय संक्रिया संक्रमित भएसँगै निषेधाज्ञा लागु गर्न पाउने अधिकारी स्थानीय तह र प्रशासनलाई दिएको थियो ।

Advertisement

गृह मन्त्रालयले कोरोना नियन्त्रण गर्न स्थानीय तहलाई दिएको अधिकार प्रयोग गर्दै देशभरका जिल्लाहरूमा अवस्था हेरी निषेधाज्ञा थपिदै गएको छ । मन्त्रालयले जारी गरेको सूचनाका आधारमा पछिल्लो तथ्यांकअनुसार देशभर ७५ वटा जिल्लाहरूमा निषेधाज्ञा लागु भएको छ ।

निषेधाज्ञा भएको जिल्लाहरूमध्ये ताप्लेजुङ, सप्तरी र मुस्ताङमा आंशिक र बाँकी ७२ जिल्लामा पूर्ण निषेधाज्ञा लागु भएको छ । यस्तै, कोरोनाको संक्रिया संक्रमित कम भएका जिल्लाहरू मनाङ र खोटाङमा निषेधाज्ञा लागु भएको छैन ।

प्रतिक्रिया