सोमबार, वैशाख २४, २०८१

कोरोनाविरुद्ध चिनियाँ खोप सिनोभ्याकलाई डब्लुएचओले दियो अनुमति

मेरोन्यूज २०७८ जेठ १९ गते १२:५१

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनको सिनोभ्याक कम्पनीको कोरोना भाइरस (कोभिड–१९) खोपलाई आपत कालीन प्रयोगको अनुमति दिएको छ । संगठनले अनुमति दिएको चीनको यो खोप दोस्रो हो ।

Advertisement

गत महिना चिनियाँ कम्पनी सिनोफार्मले बनाएको भेरोसेल आपत कालीन प्रयोगको अनुमति दिएको थियो । सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ।

यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनु पर्छ । आपत कालीन प्रयोग अनुमतिको अर्थ उक्त खोपले ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको डब्लुएचओले जनाएको छ ।

सिनोभ्याकको यो खोप चीनका अतिरिक्त चिली, ब्राजिल, मेक्सिको, इन्डोनेशिया, टर्की र थाइल्याण्डमा यसअघि नै लगाउन थालिसकेको थियो ।

प्रतिक्रिया