सोमबार, वैशाख २४, २०८१

फ्रान्सबाट आइपुग्यो स्वास्थ्य सामाग्री (फोटोहरू)

जुली गिरी २०७८ जेठ १९ गते ११:५०

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट महामारीका रुपमा फैलिएसँगै विभिन्न देशले स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ । यस क्रममा बिहीबार फ्रान्स सरकारले पठाएको सहयोग स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।

Advertisement

फ्रान्सबाट आइपुगेको स्थास्थ्य सामाग्री नेपालाका लागि फ्रान्सका राजदूत फ्रान्सिको जेभयिरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

प्राप्त स्वास्थ्य सामग्रीमा एफएफपी २ मास्क ५ लाख ४० हजार थान, एन्टिजेनिक टेस्ट २० हजार २२५ थान, प्रोटेक्सन ग्लासेस १२ हजार थान, ओरिस III रिस्पिरेसन एण्ड कन्सुमेबल ९ थान र सिरिअस ५० रिस्पिरेटर एण्ड कन्सुम्बल ५ थान सहयोग रहेको नेपालका लागि फ्रान्सेली राजदूतावासले जनाएको छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया