सोमबार, वैशाख २४, २०८१

ग्राण्डी अस्पतालले घरघरमा पिसिआर परीक्षण गर्ने

मेरोन्यूज २०७८ जेठ १८ गते २०:४३

Advertisement

काठमाडाैं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले घरघरमा पिसिआर परीक्षण गर्ने भएको छ । नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।

पछिल्लो समय अस्पतालले घरघरमा पुगेर बिरामीको स्वाव सङ्कलन गर्न लागेको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले बिहान ८ बजेदेखि १० बजेसम्म बिरामीका घरघरमा पुगेर स्वाँव सङ्कलन गर्न लागिएको बताए ।

“गत बुधबारदेखि पिसिआर परीक्षण ल्याव सञ्चालनमा आएसँगै बिरामीको सहजताका लागि घरघरमा पुगेर स्वाँव सङ्कलन गर्न लागेको हौँ”– उनले भने । स्वाव सङ्कलनको रकम अनलाइनमार्फत भुक्तानी गर्नमिल्ने व्यवस्थासमेत अस्पतालले गरेको छ ।

प्रतिक्रिया