शनिबार, वैशाख २२, २०८१

बजेटप्रति पर्यटन व्यवसायी असन्तुष्ट

मेरोन्यूज २०७८ जेठ १६ गते १२:१६

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७८/७९ बजेट प्रति पर्यटन व्यवसायीले असन्तुष्टि जनाएका छन् । बजेटले दिएको छुट र नीतिले पर्यटन क्षेत्र उकास्न नसक्ने पर्यटन व्यवसायीहरुले जनाएका छन् ।

Advertisement

होटल संघका अध्यक्ष सिर्जना राणाले समस्याका बेला केही राहत खोजेका व्यवसायीलाई सरकारले सम्बोधन गर्नुपर्ने बजेटमा नदेखिएकोमा आपत्ति जनाईन् । उनले जस्तो सुकै सरकार भएपनि बजेट ल्याउनु ठूलो भएकाले पर्यटन क्षेत्रमा राहत हुनका लागि व्यवसायीको पक्षमा टेवा दिनुपर्नेमा जोड दिईन् ।

नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्सका अध्यक्ष अच्यत गुरागाइँले पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्ने बजेट नभएकोमा आपत्ति जनाए । ट्रेकिङ व्यवसायीले कोभिडका कारण यस क्षेत्रका व्यवसायी मारमा पर्दा समेत सरकारले चासो नदेखाएकोमा आपत्ति जनाएका थिए ।

प्रतिक्रिया