शनिबार, वैशाख २९, २०८१

४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रतिबन्ध

मेरोन्यूज २०७८ जेठ १५ गते १७:३२

काठमाडौँ । सरकारले ४० माइक्रोभन्दा पातलो प्लाष्टिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री वितरण र आयतमा साउन १ गतेदेखि पूर्ण रुपमा प्रतिबन्ध गरिने बताएका हुन् ।

Advertisement

सपिङ कम्पलेक्स, डिपार्टमेन्ट स्टोरहरुमा प्लाष्टिकको झोलाको सट्टा सत्ली, जुट र कागजको झोला प्रयोग गर्नुपर्ने छ । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक उत्पादन गर्ने उद्योगहरुले पुराना पाट पुर्जा हटाएर नयाँ जडान गरेर स्तरोन्नति गर्नका लागि पूँजीगत अनुदान उपलब्ध गराइने अर्थमन्त्रीले बताए ।

प्रतिक्रिया