शुक्रबार, वैशाख १४, २०८१

उपेन्द्रलाई महन्थको काउन्टर स्पष्टीकरण

२४ घण्टाभित्र स्पष्टीकरण नवुझाए निश्कासन गरिने

मेरोन्यूज २०७८ जेठ १५ गते १६:२६


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्काै अध्यक्ष उपेन्द्र यादवलाई काउन्टर सपष्टीकरण सोधेका छन् । दुई अध्यक्ष दुई धुव्रमा उभएिर एकले अर्काेलाई कारवाहीका लागि स्पष्टिीकरण सोधिरहेका बेला एउटै प्रकृति र एकै समयको स्पष्टीकरणको जुहारी जसपाभित्र चलेको छ ।

उपेन्द्र यादव पक्षले महन्थ ठाकुर सहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण गरी ४ जसपाका नेतालाई २४ घण्टे स्पष्टिकरण सोधे लगत्तै महन्थ ठाकुरले पनि उपेन्द्रलाई काउन्टरमा २४ घण्टे नै स्पष्टीकरण सोधेका छन् ।

उनले २४ घण्टाभित्र स्पष्टीकरण नवुझाएमा राजनीतिक दल सम्वन्धी ऐन र जसपाको अन्त्रिम विद्यान अनुसार कारवाही गर्ने चेतावनी दिएका छन् ।
यस्तै प्रकृतिको स्पष्टीकरण उपेन्द्र पक्षले पनि महन्थ पक्षलाई सोधेको थियो ।

यस अगाडी जेष्ठ ११ गते दुवै पक्षले तीन दिनको म्याद राखेर स्पष्टकिरणको जुहारी गरेका थिए ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई साथ दिने या फाल्ने भन्नेमा विवाद हुँदा जसपा यतिवेला विभाजनको मुखमा छ ।
अव २४ घण्टाभित्र पनि दुवै पक्षले स्पष्टीकरणको जवाफ नदिएमा एउटा पक्षले अर्काे पक्षलाई कारवाही गर्ने तयारी गरेको छ ।

हेर्नुहोस उपेन्द्रलाई महन्थ्ले सोधेको स्पष्टीकरण

हेर्नुहोस, महन्थ पक्षलाई उपेन्द्र पक्षले सोधेको स्पष्टीकरण

प्रतिक्रिया