शुक्रबार, वैशाख १४, २०८१

उदयपुरमा कृषकलाई धानको बीउ वितरण

मेरोन्यूज २०७८ जेठ १५ गते ८:३३
paddy rice seed in a Burlap sack.

उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिकाले कृषकहरुलाई उन्नत जातको धान उत्पादन गर्न बीउ वितरण शुरु गरेको छ । बिहिबारदेखि पहिलो चरणमा वडा नम्बर ६ बाट बीउ वितरण शुरु गरिएको हो ।

अन्य वडामा एक हप्ता भित्र झण्डै चौध मेट्रिकटन बीउ वितरण गरीसक्ने नगरपालिकाका कृषि प्राविधिक प्रमुख नीतु खनालले बताए । गत वर्ष पनि वर्षायाम सँगै धानको बीउ राख्ने बेलामा नगरपालिकाले उन्नत जातको धानको बीउ वितरण गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका मेयर खगेन्द्र राईले धानबाली नगरको प्रमुख बाली भएकाले धान उत्पादनमा प्रोत्साहन गर्न र नगरपालिकालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन बीउ वितरण गरेको बताए ।

गत वर्ष कृषकलाई उन्नत जातको धानको बीउ वितरण गर्दा नगरमा बीस प्रतिशत भन्दा बढी धान उत्पादन बढेको र धानको उत्पादन बढाउन यस पटक पनि नगरपालिकाले बीउको लागि छुट्टै बजेट व्यावस्थापन गरेको नगरप्रमुख राईले बताए ।

बीउमा २५ प्रतिशत कृषक र ७५ प्रतिशत नगरपालिकाको योगदान रेहको छ ।

प्रतिक्रिया