शुक्रबार, वैशाख १४, २०८१

एमाले विवाद : सुदूरपश्चिममा ३ निवर्तमान मन्त्री पार्टी सदस्यसमेत नरहने गरी निष्कासित

मेरोन्यूज २०७८ जेठ १४ गते १९:१५

धनगढी । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका ३ निवर्तमान मन्त्रीलाई पार्टीको साधारण सदस्य समेत नरहेने गरी निष्कासन गरेको छ । निष्कासित हुनेमा प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्ट छन् ।

एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र पार्टीको तर्फबाट मन्त्रीमा रहेकालाई राजीनामा दिन निर्देशन दिएको थियो । तर, एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारबाट तत्काल फिर्ता नहुने निर्णय गरेको थियो ।

बिहिबार मात्र ती मन्त्रीलाई पार्टीले स्पष्टीकरण सोधेको थियो । मन्त्रीले चित्त बुझ्दो जवाफ नदिएकाले साधारण सदस्यबाट निकालिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले बताए ।

उनले नयाँ भएका मन्त्रीलाई स्पष्टीकरण सोधिने र कारबाही गरिने बताए । आज नै तीन मन्त्रीको ठाउँमा नयाँ मन्त्री थपिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी हेरफेर भएकाे छ । उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको छ भने अन्य दुई मन्त्रीलाई पद मुक्त गरिएकाे छ ।

प्रतिक्रिया