बुधबार, वैशाख २६, २०८१

सुशान्त सिंह प्रकरण

सुशान्त सिंह राजपुतका साथी सिद्धार्थ पिठानी पक्राउ

बलिउडकर्मीमा एनसीबीको चाँसो किन ?

आयुश राठौर २०७८ जेठ १४ गते १८:३६

काठमाडौँ । गत जुन १५, २०२० मा आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतको घटना फेरि उत्कर्षमा पुगेको छ । आत्महत्या हो या हत्या भन्ने विषय अन्यौल रहेको अवस्था उक्त घटनासँग जोडिएको समाचारहरू आउन थालेको हो ।

Advertisement

शुक्रबार नार्कोटिस्ट कन्र्टोल ब्युरो (एनसीबी)ले राजपुतका पूर्व सहकर्मी सिद्धार्थ पिठानीलाई हैदराबादबाट पक्राउ गरेसँगै यो घटना पुनः उत्कर्षमा पुगेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पक्राउ परेका पिठानी राजपुतका साथी हुन् । पक्राउ परेका पिठानी राजपुत झुण्डिएको अवस्थामा भेट्टाउने व्यक्तिसमेत जनाइएको छ ।

बलिउडकर्मीमा एनसीबीको चाँसो किन ?

एनसीबीले मार्च ६ मा एक आरोप पत्र दायर गरेको थियो । जसमा श्रापित भनिएको थियो । जसमा उनको मृत्युको बेलामा अभिनेत्री प्रेमिका रिया चक्रवर्ती पनि समावेश थिए ।

यस मुद्दामा दुई सय जना साक्षीहरूको बयान समावेश गरिएको थियो । रमहिनाको छानबिनपछि पछ्याइएको थियो । एजेन्सीले उनीहरूको अनुसन्धानका क्रममा बलिउड अभिनेता दीपिका पादुकोण, राहुल प्रित सिंह र सारा अली खानको बयान पनि रेकर्ड गरेको थियो ।

पिठानीलाई गत वर्ष ११ अगस्तमा प्रवर्तन निर्देशालय (इडी)ले लेट कलाकारको व्यवसाय प्रबन्धक श्रुति मोदी र उनकी बहिनी मितु सिंहसँग प्रश्न गरेका थिए । पिठानी र मोदी दुवै बयानहरू केन्द्रीय जाँच एजेन्सीले रोकथाम कानून (पीएमएलए) अन्तर्गत रेकर्ड गरेका थिए ।

मृत्युको बखत करिब एक वर्षसम्म अभिनेतासँग बस्दै आएका पिठानीलाई राजपुतको मृत्युको एक्सिड्रल डेथ रिपोर्ट (एडिआर) जाँचको एक हिस्साका रूपमा मुम्बई पुलिसले सोधपुछ गरेको थियो ।

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया