बुधबार, वैशाख २६, २०८१

स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेमाथि कारबाही हुन्छ : गृह मन्त्रालय

मेरोन्यूज २०७८ जेठ १४ गते १४:४०

काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेमाथि कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरूलाई कारबाही गर्ने जानकारी दिएको हो ।

Advertisement

स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई मन्त्रालयले गैर कानूनी र गैर जिम्मेवारपूर्ण कार्य भन्दै घटनामा संलग्नलाई कानून बमोजिम कारबाही गर्ने भनेको जनाएको छ ।

घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया