बुधबार, वैशाख २६, २०८१

राष्ट्रपति भण्डारीको अनुरोधपछि चीनबाट खोप आउँदै

मेरोन्यूज २०७८ जेठ १४ गते १४:०४

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले दिने १० लाख खोप एक साताभित्र नेपाल ल्याइसक्ने बताएका छन् । चीनका राष्ट्रपति सी जिङपिङले नेपालमा कोरोना रोकथाम गर्न आफूहरूको दायित्व भन्दै नेपाल सरकारलाई १० लाख डोज खोप दिने बताएका थिए ।

Advertisement

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच ४५ मिनेट फोन वार्ता भएको थियो । फोन वार्तामा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीलाई कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप खरिद प्रक्रियामा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।

मन्त्री ज्ञवालीले भने, ‘चीनबाट २ लाख खोप तिब्बत नाका हुँदै पर्सीसम्म नेपाल आइपुग्छ, बाँकी ८ लाख आगामी २ तारिकसम्म नेपाल ल्याइसक्ने छौँ ।’

प्रतिक्रिया