शुक्रबार, वैशाख १४, २०८१

रुसी खोप भारतमा उत्पादन हुँदै

मेरोन्यूज २०७८ जेठ १२ गते ७:४९

नयाँदिल्ली । कोरोना भाइरसविरुद्ध रुसले विकास गरेको खोप भारतमा उत्पादन हुने भएको छ । रुसले विकास गरेको ‘स्पुतनिक–भी’ खोप भारतीय कम्पनी पानासिया बायोटेकले रुसको प्रत्यक्ष लगानी कोष (आईडीआईएफ) सँगको सहकार्यमा उत्पादन गर्न लागेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

रुसका लागि भारतीय राजदूत बाला बैंकटेस बर्माले ‘स्पुतनिक–भी’ को उत्पादन आगामी अगस्टभित्रमा हुने बताएका सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त खोप वार्षिक १० करोड मात्रा उत्पादन हुनेछ । उत्पादनको पहिलो खेप खोप विकास संस्थालाई उपलब्ध गराउने सहमति पानासियाले गरेको छ । भारतले उक्त खोप प्रयोगका लागि गत अप्रिलमा अनुमति दिएको हो ।

प्रतिक्रिया