शुक्रबार, वैशाख १४, २०८१

उपत्यकामा थपिए २,७८५ कोरोना संक्रमित

मेरोन्यूज २०७८ जेठ १० गते १६:५६

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २७ सय ८५ जनामा कोरोना पुष्टि भएको छ । काठमााडौमा १ हजार ८०६, ललितपुरमा ६ सय ८१ र भक्तपुरमा २ सय ९८ गरी २७ सय ८५ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।

प्रतिक्रिया