शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्रीले भने : चुनावअघि सबैलाई कोरोनाविरुद्धको खोप

मेरोन्यूज २०७८ जेठ ९ गते १६:१८

काठमाडौँ । प्रधानमन्त्र केपी शर्मा ओलीले आगामी चुनावअघि सबै जनतालाई कोरोना भाइरस (कोभिड–१९)विरुद्धको भ्याक्सिन दिने बताएका छन् । यसका लागि उनले दातृ निकाय तथा उत्पादन गर्ने कम्पनीसँग कुरा भइरहेको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षा गर्न आफूले निर्वाचन गराउन खोजेको स्पष्ट पारेका थिए ।

पत्रकारहरूले निर्वाचन मिति घोषणा गरेसँगै जनताले कोरोनाविरुद्धको खोप नदिए भोट नहाल्ने भनेका छन् ? यसलाई कसरी लिनु भएको छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘विभन्न मित्र राष्ट्र, खोप उत्पादकहरुसँग डिल गरिरहेका छौं ।’

प्रतिक्रिया