शुक्रबार, वैशाख १४, २०८१

नेप्सेमा सामान्य वृद्धि

मेरोन्यूज २०७८ जेठ ६ गते १६:४४

काठमाडौँ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार सामान्य वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धि भएपनि बिहिबार सबैभन्दा धेरै नेपाल पूनर्बिमा कम्पनीको ३४ करोड ७० लाख र बैंक अफ काठमाण्डुको ३४ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ । शेयर बजारमा ६ दशमलब ३७ अंकले वृद्धि भई २ हजार ७ सय ८७ दशमलब १८ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब २३ प्रतिशतले धेरै हो ।

कूल २ सय १४ कम्पनीको १ लाख ६ हजार ३ सय ९९ कारोबारबाट ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ४ रुपैयाँ बराबरको २ करोड १ लाख ३३ हजार ६ सय २ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । बिहिबार मञ्जुश्री फाईनान्स, समता घरेलु लघुवित्त लगायत ८ कम्पनीको सेयर मूल्यमा बढावा आएको छ ।

बिहिबार फाईनान्स र विकास बैंक सहित ५ वटा समुहको उपसुचक बढेको छ भने हाईड्रोपावर, उत्पादन तथा प्रशोधन लगायत ८ वटा समूहगत सूचक घटेको छ । हाईड्रोपावर समुह सबैभन्दा धेरै १ दशमलब ५ प्रतिशतले घटको छ ।

प्रतिक्रिया