शुक्रबार, वैशाख १४, २०८१

माओवादीले बोलायो स्थायी समिति बैठक

मेरोन्यूज २०७८ जेठ ५ गते १४:००


काठमाडौं । माओवादी केन्द्रले पार्टी स्थायी समिति बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाडामा बैठक बोलाईएको माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले जानकारी दिइन् । बैठकले पार्टी राजनीति, उपचुनाव , कोरोना संक्रमण लगायतका समसामायिक विषयमा केन्द्रीत रहेर छलफल गर्नेछ ।

माओवादी अध्यक्ष प्रचण्डले अवको पार्टी को कामका बारेमा राजनीतिक प्रस्ताव लेखिरहेकोले र त्यसका लागि पार्टीको विचार, संगठन, नेता कार्यकर्ताको ब्यवस्थापन लगायतका विषयमा पनि सार्वजनिक सुझाव समेत आह्रवान भएको सन्र्दभमा माओवादी केन्द्रको स्थायी समिति बैठक वस्न लागेको हो ।

प्रतिक्रिया