शनिबार, वैशाख १५, २०८१

नेप्सेमा लगातर दुईदिन वृद्वि

मेरोन्यूज २०७८ जेठ ३ गते १६:४५

काठमाडौं । यो साताका पहिला दुईदिन लगातर नेप्से परिसूचकमा बृद्धि भएको छ । साताको पहिलो दिन आइतबार ५४ अंकले बढेको नेप्से परिसूचक दोस्रो दिन सोमबार २०.७ अंकले उकालो लागेको छ ।

लगातार दुई दिन दोहोरो अंकले बढेर नेप्से परिसूचक २ हजार ७ सय ५९ दशमलव २१ अंकमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा वृद्धि भएर सेन्सेटिभ इन्डेक्स ४ दशमलव ४५ अंक भएको छ । आइतबार १० अर्ब माथिको सेयर कारोबार भएको थियो ।

आज ९ अर्ब ५७ करोड रुपैयाँ माथि कारोबार रकम पुगेको छ । सोमबार अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको छ । आईपीओ सूचीकृत भएसँगै रुरु जलविद्यतु कम्पनीको सेयर मूल्यमा आज प्रतिकित्ता ९ सय ६८ रुपैयाँ पुगेको छ ।

समता घरेलु लघुवित्त तथा राधी जलविद्युतसहित ११ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

प्रतिक्रिया