शुक्रबार, वैशाख १४, २०८१

सोमबार ५२ औं दूरसञ्चार दिवस

मेरोन्यूज २०७८ जेठ ३ गते ७:०७

काठमाडौं । सूचना प्रविधिको विकास र विस्तारमा विश्वले फड्को मारेको छ । यहि विकास क्रम शुरु भएको दिनको सम्झनामा आज सोमबार विश्वभर ५२ औं विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)का विश्वका १ सय ९३ सदस्य राष्ट्रभर यो दिवस मनाउने गरिन्छ ।

एक दशक अघिसम्म यस्तो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको थियो । पछिल्लो समय भने यस्तो दिवस यसको गुणस्तर वृद्धि र बढ्दो डिजिटल खाडल कम गर्नुपर्ने विषयमा केन्द्रीत हुन थालेको छ ।

यस वर्ष विश्व दूरसञ्चार दिवसको नारा “ट्रान्सफरमेसन इन च्यालेन्जिङ टाइम्स” तय गरिएको छ ।

यद्यपी पछिल्लो सयम नेपालमा दिवस परम्परागत रुपमा मात्र मनाइँदा आईटीयूबाट प्राप्त हुनसक्ने थप लाभ लिन नसकिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

आईटीयूको स्थापना दिवस मे १७ लाई आधार मानेर प्रत्येक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको छ । सन १८६५ मे १७ मा आईटीयूको स्थापना भएपछि सन् १९६९ मे १७ तारिखमा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनमा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको इतिहास छ ।

सो हस्ताक्षरको सम्झनामा सन् २००५ देखि विश्व दूरसञ्चार दिवस मनाउन थालिएको हो । विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापन जस्ता विषयमा आईटीयूले सदस्य राष्ट्रलाई सहयोग गर्ने गरेको छ ।

कोरोना भाइरसको कारणले निशेधाज्ञा भएको समयमा टेलिकम झै सबै टेलिफोन सेवा पदायक संस्थाले गत वर्ष झै यस वर्ष पनि म्यासेजद्धारा शुभकामना प्रदान गरेका छन् । औपचारीक कार्यक्रम भने रोकिएको छ ।

मेरोन्यूजडटकमको तर्फबाट ५२ औं दूरसञ्चार दिवसको सबैलाई शुभकामना ।

प्रतिक्रिया