शुक्रबार, वैशाख १४, २०८१

क्रुर मानव

‘ठग बेहराम’ जसले ९ सयभन्दा बढी मानिसको हत्या गरे

पहेँलो रुमालले घाँटी बेरेर हत्या गर्थे

दया दुदराज २०७८ जेठ १ गते १४:३०
‘ठग बेहराम

काठमाडौँ । मानव इतिहासमा यस्ता धेरै अपराधिक घटनाहरू दर्ता भएका छन् । जुन घटनाहरूले अहिलेसम्म डर पैदा गराउँदै आएको छ ।

सामान्यतः ‘सिरियल किलर’ भन्नाले श्रृंखलाबद्ध हत्या गर्ने व्यक्ति भन्ने बुझिन्छ । र, तपाईहरूले धेरै सिरियल किलरका बारेमा थाहा पाउनु भएको होला । तर हामी तपाईहरूलाई यस्तो सिरियल किलरलाई परिचित गराउन लागे छौँ । जसले ९ सयभन्दा बढी मानिसहरूको हत्या गरे । यी क्रुर सिरियल किलरको नाम हो, ‘ठग बेहराम’ ।

अहिलेसम्म खुंखार हत्याराका रुपमा परिचित ‘ठग बेहराम’को जन्म १७६५ मा भारतमा भएको पाइन्छ । सामान्यतय मानिसहरूले हत्या गर्नका लागि वा कुनै अपराधिक घटना घटाउन हतियारको प्रयोग गर्ने गर्छ । तर, यी कुख्यात हत्यारा ‘ठग बेहराम’ हत्या गर्न केबल एउटा रुमालको प्रयोग गर्ने गर्थे । उनले कसैको हत्या गर्नुपूर्व पहेँलो रुपलको प्रयोग गर्ने गरेको पाइएको हो ।

अंग्रेज शासकमा शासक

भारतमा इस्ट इण्डिया कम्पनीको सन् १७९० देखि १८४१ सम्मको समयअवधिमा उनले ९ सयभन्दा बढी मानिसहरूको श्रंखलाबद्ध हत्या भएको इतिहासमा देखाइएको पाइन्छ । उनको क्रुरता र आतंकका कारण बेलायती शासकहरूसमेत उनीसँग डराउथे ।

ठग गिरोह

इतिहासका अनुसार बेहराम हिड्ने बाटोहरूमा शवको थुप्रो पाइन्थ्यो । तत्कालीन समयमा ठगी र डकैतीहरूको अध्ययन वा अनुसन्धानकर्ता जेम्स प्याटनका अनुसार ठग बेहरामले ९३१ जनाको हत्या गरेको स्वीकार गरेका थिए ।

पहेँलो रङको रुमाल

व्यापारी, पर्यटक, सैनिक र तीर्थ यात्रीहरूलाई ठग बहरामले आफ्नो हत्याको सिकार बनाउँथे । उनी आफ्नो भेष बदलेर आफ्नो शत्रुसँग घनिष्ट हुन्थे । जब, यी मानिसहरू राति सुत्थे । त्यसपछि उनी आफ्नो समूहलाई स्यालको आवाजमा संकेत दिन्थे । र, घाँटीमा पहेलो रुमालले (सिक्का अड्काइएको हुन्थ्यो) बेरेर हत्या गर्थे ।

सिक्का अड्काइएको पहेलाे रूमाल

जनताहरूको लगातार बेपत्ता हुन थालेपछि सन् १८०९ मा अंग्रेज अफिसर क्याप्टेन स्लिमैनलाई यसको खोज र अनुसन्धानको जिम्मा दिइएको थियो । ठग बेहरामको गिरोहले श्रृङखलाबद्ध हत्या गरेको र उनले ती हत्या गरिएका शवहरूलाई लुकाउने काम गरेको क्याप्टेन स्लिमैनको अनुसन्धानले पत्ता लागेको थियो । उनका अनुसार बहरामको गिरोहमा भण्डै दुई सय जना रहेका थिए ।

जासुसहरूको अथक प्रयासपछि पक्राउ

कप्तान स्लिम्यानले दिल्लीबाट जबलपुरसम्म आफ्ना जासुसहरूको ठूलो जाल बिछ्याएका थिए । क्याप्टेनको जासुसी समूहले बेहरामको भाषा पत्ता लगाएका थिए ।

ठग बेहराम

क्याप्टेनका अनुसार उनीहरूले ‘रामोसी’भाषाको प्रयोग गर्ने गर्थे । मानिसहरूको हत्याका लागि उनीहरूले रामोसी भाषा प्रयोग गर्ने गर्थे । अनुसन्धानको १० वर्षपछि ७५ वर्षको उमेरमा बेहराम पक्राउ परे । उनलाई सन् १८४० सालमा फाँसीको सजाय सुनाइएको थियो । अन्त्यमा उनलाई सरकारले फाँसी दिएर सजाय दिइएको थियो । एजेन्सीहरूको सहयोगमा

संसारकै भयानक ‘सिरियल किलर’, जो रगतले नुहाउथिन्

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया