शुक्रबार, चैत १६, २०८०

क्रुर मानव

संसारकै भयानक ‘सिरियल किलर’, जो रगतले नुहाउथिन्

रगतले नुहाउन ६ सय भन्दा बढी युवतीको हत्या

दया दुदराज २०७८ वैशाख २५ गते १२:३९

काठमाडौँ । तपाईले विश्वमा थुप्रै सिरियल किलरहरूको कथा सुनेको हुनु पर्छ । जसले आफ्नो बेहोसीपन र मनोरोगका कारण धेरै निर्दोष मानिसहरूको हत्या गर्छन् ।

तर, क्रुरताको सबै सीमाहरू पार गर्ने महिला सिरियल किलरको बारेमा सायद कम सुन्नु भएको होला । जो कुमारी युवतीहरुको हत्या गर्थे । र, हत्या गरेपछि घण्टौँसम्म उनीहरूको रगतमा नुहाने गर्थिन् ।

सुन्दा यो दन्त कथा जस्तो लाग्न सक्छ । तर, यो साचो घटना हो । हामी हंगेरीका एलिजाबेथ बेथरीको बारेमा कुरा गर्दैछौँ । एलिजाबेथ बेथरी इतिहासको सबैभन्दा खतरनाक महिलाको रूपमा परिचित छिन् । उनको जन्म सन् १५६० मा भएको पाइन्छ ।

१५ वर्षको उमेरमा अपराधिक पाइला चालेका बेथरीलाई क्रुर हत्याराका रुपमा चिनिन्छ । सन् १५९० देखि १६१० सम्म उनले अपराधको दुनियाँमा निकै भयानक हत्याहरू गरेको इतिहासले देखाउँछ । उनले त्यो समयमा ६ सयभन्दा बढी युवतीहरुको हत्या गरेका थिए । र, उनीहरूको रगतले नुहाउने गर्थिन् ।

बाथरीले गरेका सबै हत्याहरू दरबारमा नै गरेको बताइन्छ । किनभने, उनि हंगेरी साम्राज्यको अत्यधिक प्रभावशाली बेथरी परिवारसँग सम्बन्धित थिए ।

Advertisement

पतिको शोकपछि बढ्दो अपराध

उनको विवाह फरेन्क नाडेस्दीसँग भएको थियो । जो टर्कीविरुद्ध युद्धमा हंगेरीका राष्ट्रिय नायक भएका थिए ।

एलिजाबेथ सुन्दर निर्दोष युवतीहरूको रगत आफ्नो श्रीमान्को अगाडि बगाउँथिन् । युवतीहरूको हत्या गर्नु नै उसको शौक बनिसकेको थियो । उनीहरूको विवाह भएको १० वर्षपछि एलिजाबेथका तीन छोरी र एक छोरा थिए ।

एलिजाबेथका श्रीमान नाडेस्दी

उनी पति जीवित हुँदासम्म कमै किशारीहरूको हत्या गर्थे । तर, सन् १६०४ मा उनको श्रीमान् नाडेस्दीको मृत्यु भयो । श्रीमानको मृत्युपछि एलिजाबेथ कास्टल उत्तर पश्चिमी हंगेरीमा आइन् । जुन अहिले स्लोभाकिया भनेर चिनिन्छ । स्लोभाकियामा उनको अपराधिक क्रियाकलाप झन बढ्न थाल्यो । हंगेरी आएपछि उनले धेरै नोकरहरू आफूसँगै राखेका थिए । इलिजाबेथ स्लोभेनियाको चेसिसमा रहेको आफ्नो दरबारमा बसेर अपराध गर्ने गर्थिन् ।

हत्यापछि रगतले नुहाउने शौक

पहिले उनी गरिब युवतीहरुलाई जागिरको बहानामा उसको दरबारमा बोलाउँछिन् । र, पछि उनीहरूको हत्या गर्थिन् । बेथरीका तीनजना नोकरहरूले समेत यो अपराधमा सहयोग गरेको इतिहासले देखाउँछ ।

सन् १८९५मा Csók István ले एलजावेथको प्रवृक्ति बारे कोरेको चित्र ।

उनी पहिला युवतीलाई बन्धक बनाएर कुटपिट गर्थे । उनीहरूको हात र खुट्टा जलाउँथिन् । यो मात्र होइन् । उनीहरूले तिनीहरूका कमजोर अंगहरूलाई पनि क्षति पुर्याउथे । कहिले काहीँ युवतीहरूलाई दाँतले समेत टोक्ने गर्थिन् । हत्यापछि एउटा टबमा रगत जम्मा गर्थे । घण्टौँसम्म त्यही रगतले घण्टौँसम्म नुहाउथे । त्यस क्षेत्रमा गरिब युवतीहरूको संख्या घट्न थालेपछि, बेथरीले उच्च परिवारका युवतीहरुूलाई आफ्नो शिकार बनाउन थालेको पाइन्छ ।

सुन्दरताका लागि हत्या

एलिजाबेथको यो क्रुरतालाई हंगेरीका राजाले थाहा पाए । र, उनले यस विषयमा अनुसन्धान गरे । अनुसन्धानको क्रमण खोजी टोलीले बेथरीको घरबाट युवतीहरुूको कंकाल विभिन्न गरगहनाहरु बरामद गरेको थियो ।

उनले युवतीहरूको हत्या गर्ने र त्यही रगतले नुहाउने कुरा बाहिरिए लगत्तै सन् १६१० मा एलिजाबेथ बाथरीलाई पक्राउ गरियो । त्यसपछि उनलाई आफ्नै दरबारको एउटा कोठामा कैद गरिएको पाइन्छ ।

उनी पक्राउ परेको चार वर्षपछि उनीको अगस्त १६१४ मा निधन भएको पाइन्छ । यो विश्वास गरिन्छ कि, इलिजाबेथ धेरै सुन्दर थिइन् । उनको सुन्दरता बचाउन चाहन्थिन् । उनले आफ्नो सुन्दरता जोगाउनका लागि युवतीहरूको रगतले नुहाउन थालिन् । नुहाने क्रममा उनले ६ सयभन्दा बढी युवतीहरूको हत्या गरेको पाइन्छ । एजेन्सीहरुको सहयोगमा

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया