शुक्रबार, वैशाख १४, २०८१

ओलीले पठाए चार नेतालाई निलम्बन फुकुवा गरिएको पत्र

मेरोन्यूज २०७८ वैशाख ३० गते १६:०५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चार नेतामाथि पार्टी सदस्यबाट निलम्बन फुकुवा गरेको पत्र पठाएका छन् ।

ओलीले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन फुकुवा गरेको पत्र पठाएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकको निर्णय अनुसार चारैजना नेतामाथिको निलम्बन फुकुवा गरेको बताइएको छ ।

ओलीले फागुन २८ मा आफ्ना पक्षका नेताहरुको बैठक राखेर माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया